काठमाडौँका मेयरको चरित्र हत्या गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
बिहीबार, २२ चैत २०८०, २१ : ००
काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहको चरित्र हत्या गरेको सम्बन्धी मुद्दाको अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । फागुन ३० मा प्रहरीले पक्राउ गरेका रामचन्द्र पौडेललाई चैत १ मा जिल्ला अदालत काठमाडौँले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।
सो मुद्दाको अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । काठमाडौँ महानगरपालिकाको पत्रको आधारमा प्रहरीले आरोपीविरुद्ध विद्युतीय कारोबारे ऐन–०६४ को कसुरमा अनुसन्धान गरेको थियो । पौडेलले मेयर शाहको चरित्र हत्या गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण