काठमाडौँका मेयरको चरित्र हत्या गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
बिहीबार, २२ चैत २०८०, २१ : ००

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहको चरित्र हत्या गरेको सम्बन्धी मुद्दाको अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । फागुन ३० मा प्रहरीले पक्राउ गरेका रामचन्द्र पौडेललाई चैत १ मा जिल्ला अदालत काठमाडौँले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।
सो मुद्दाको अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । काठमाडौँ महानगरपालिकाको पत्रको आधारमा प्रहरीले आरोपीविरुद्ध विद्युतीय कारोबारे ऐन–०६४ को कसुरमा अनुसन्धान गरेको थियो । पौडेलले मेयर शाहको चरित्र हत्या गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा
-
सिम्रौनगढका मेयर चढ्ने गाडी रौतहटमा दुर्घटना
-
भूमिसम्बन्धी अध्यादेश र विधेयक : बाटो फरक ‘विषयवस्तु’ उही
-
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईको अदालतमा बयान जारी
-
आर्थिक वर्ष २०८०/०८१ मा चिकित्सा शिक्षाका एक हजार ५२१ सिटमा विद्यार्थी भर्ना भएनन्
-
दुधको भुक्तानी नदिने उद्योगीको विवरण प्रशासनमा बुझाइयो