सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट कार्यान्वयनमा सरकार १ खर्ब ६२ अर्ब घाटामा

बिहीबार, २२ चैत २०८०, १७ : ४२
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकारले निकै कमजोर पर्फमेन्स प्रदर्शन गरेको छ । बिहीबार चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले फागुन मसान्तसम्म सरकारले ८ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको जनाएको हो ।

यद्यपि, सरकारी खर्चगत आर्थिक वर्षको पहिलो ८ महिनामा १५.४ प्रतिशतले वृद्घि भएकोमा यो वर्ष जम्मा २.९प्रतिशतले मात्र खर्च वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।  समीक्षा अवधिमा चालू खर्चतर्फ ५ खर्ब ८२ अर्ब ११करोड रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ जम्मा ८१ अर्ब २१ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । यता वित्तीय व्यवस्था खर्चतर्फ भने १ खर्ब ३८ अर्ब २६ करोड खर्च गरिसकेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६ खर्ब ३९ अर्ब ५ करोड भएको छ ।  गत आर्थिक वर्षको पहिलो सात महिनामा १४.९ प्रतिशतले घटेकोराजस्व, समीक्षा अवधिमा ९.७ प्रतिशतले बढेको छ । 

यस अन्तर्गत कर राजस्व ५ खर्ब ७८ अर्ब ६७ करोड र गैर कर राजस्व ६० अर्ब ३७ करोड रुपैयाँ परिचालन भएको छ ।  खर्च र आम्दानीको स्थिति हेर्दा आर्थिक वर्षको ८ महिनामा सरकारले १ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँ घाटाको बजेट कार्यान्वयन गरेको छ । खर्चको स्रोतमाथि दबाब परेको सरकारले चालु आर्थिक वर्षको अन्तसम्ममा १५ खर्ब बढी बजेट कार्यान्वयन गर्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप