शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा माओवादीका जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने गठबन्धनबिच सहमति

बिहीबार, २२ चैत २०८०, १८ : ५९
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशको नयाँ सत्ता गठबन्धनबिच ५ बुँदै सहमति भएको छ । बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूले ५ बुँदे सहमति गरेका हुन् । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यबिच लुम्बिनीका नताको चाहना अनुसार समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउन सहमति गरिएको उल्लेख छ । 

सहमतिमा माओवादी केन्द्रका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने उल्लेख छ । 

यस्तै प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरू सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गरिने सहमति पत्रमा उल्लेख गरिएको छ । 

यसैबिच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्ने तयारी गरेका छन् । 

मुख्यमन्त्री चौधरीले संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

माओवादीले लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूहरूले ४४ सांसदको हस्ताक्षर तयार गरेको र प्रदेश प्रमुखले आह्वान गर्ना साथ दाबी पेस गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप