भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन
काठमाडौँ । खोटाङको रावा बेसी गाउँपालिकामा भारतद्वारा निर्मित शारदा माध्यमिक विद्यालय तथा छात्रावास भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ं.६१ करोड रुपैयाँको सहयोगमा निर्माण भएको सो भवन भवनको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
दुई तल्ले विद्यालय र छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि पनि भारतले सहयोग गरेको छ । शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको थियो । कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५० प्रतिशत छात्रा छन् ।
भारतले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको छ । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा रहेको छ । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा चार वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ ।
नजिकको छिमेकी भएको नाताले नेपाल र भारतबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको भारतीय दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
-
किभमा रुसी आक्रमणमा मर्नेको संख्या १२ पुग्यो
-
रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
-
असारको तेस्रो साता ३२ प्रतिशत मात्रै रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम
-
साउन अन्तिम साता ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिने
-
३४ हजार संस्थालाई रोयल्टी तिर्न एकसाथ पत्र, नतिरे ६ महिना कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण