नेपा: मण्डल स्थापनाका लागि राजेन्द्र महतोले प्रदर्शन गर्ने
शुक्रबार, २३ चैत २०८०, १३ : ५७
काठमाडौँ । राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिवार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । अभियान अन्तर्गतको स्वनिम: उपत्यका विशेष ब्युरो, नेवा: राष्ट्रिय परिषद्ले नेपा: मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना लागि सो प्रदर्शन गर्न लागेको अभियानका नेता केशव झाले बताए ।
विश्वकै प्राचीन सभ्यता मध्येको एक नेवा: सभ्यतालाई समाप्तिको संहारमा पुर्याएको कारण नेवा: राष्ट्र आफ्नै ठाउँबाट विस्थापित हुँदै गइरहेको कारण त्यसलाई बचाउनका लागि प्रदर्शन गर्नुपरेको नेता झाको भनाइ छ ।
नेवा: भूमि, भौतिक र अभौतिक संस्कृतिहरू, भूक्षेत्र, श्रोतहरू समाप्त भइरहेको उल्लेख गर्दै नेता झाले नेवा: सम्पदाहरू मासेर नेवाःलाई औपनिवेशिकता विस्तार गर्ने अखडाहरू खडा गरेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण