बैतडीमा ट्र्याक्टर दुर्घटना अपडेट : मृतकको सनाखत
शुक्रबार, २३ चैत २०८०, १६ : ०५
बैतडी । यहाँ आज बिहान ट्र्याक्टर दुर्घटनामा मृत्युु भएका दुवै जनाको सनाखत भएको छ । जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन–१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण