इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ– 'आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार सुहाङ्ग नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम २ का आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।'
विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा युवतिमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी
-
कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का
-
रास्वपामा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित
-
लुम्बिनी प्रदेश सभामा बजेटमाथि समूहगत छलफल, चार मन्त्रालयको शीर्षकमाथि बहस सकियो
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
-
‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण