बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम-२ मा ४ जनाको उम्मेदवारी दर्ता

शनिबार, २४ चैत २०८०, १२ : ४३
शनिबार, २४ चैत २०८०

काठमाडौँ । अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ४ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालय इलाममा जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । 

यस्तै नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गरेको र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वचन अधिकृत केशवप्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए । 

यस्तै मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवारले पनि मनोनयन दर्ता गराइरहेका छन् । अन्य दलका तर्फबाट पनि उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रममा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप