उपनिर्वाचन
इलाम-२ मा ४ जनाको उम्मेदवारी दर्ता
शनिबार, २४ चैत २०८०, १२ : ४३
काठमाडौँ । अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ४ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालय इलाममा जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गरेको र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वचन अधिकृत केशवप्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
यस्तै मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवारले पनि मनोनयन दर्ता गराइरहेका छन् । अन्य दलका तर्फबाट पनि उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण