इलाम २ मा ७ जनाको उम्मेदवारी दर्ता, अन्य ५ उम्मेदवार दर्ता प्रक्रियामा
काठमाडौँ । अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार दिउँसो साढे २ बजेसम्म ७ जनाको उम्मेदवारी दर्ता भएको छ । इलाम क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेकाअनुसार हालसम्म जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेसनका मनेबहादुर लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।
साना दलहरूको गठबन्धनबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले पनि मनोनयन दर्ता गरेका छन् । नेकपा एकीकृतबाट जितबहादुर राई र नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाली कांग्रेस र केही स्वतन्त्र उम्मेदवारहरू मनोनयन दर्ता गर्ने प्रक्रियामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण