शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ मा खड्काले गराए उम्मेदवारी दर्ता

शनिबार, २४ चैत २०८०, १५ : ५१
शनिबार, २४ चैत २०८०

इलाम । इलाम–२ उपनिर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । खड्काले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

 नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का नेपाली कांग्रेस इलामको जिल्ला सभापति हुन् । इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्का गत वर्ष मङ्सिरमा सम्पन्न चुनावमा उम्मेदवार बनेका थिए ।

त्यतिबेला नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङसँग ११४ मतले पराजित भएका खड्कालाई नै कांग्रेसले उपचुनावमा उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन गर्दा गर्ने समय रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ताको सूची प्रकाशन गर्नेछ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप