यो इलामेली नागरिकको उम्मेदवारी हो : मिलन लिम्बु
इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् ।
लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी, तथा विपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याललगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै र्यालीसहित मनोनयन दर्ता गराउन गएका थिए ।
लिम्बुको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह–संयोजक सन्तोष श्रेष्ठ तथा समर्थकमा तेजकुमार श्रेष्ठ रहेका छन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा लिम्बुले आफ्नो उम्मेदवारी आफ्नो मात्रै नभएर नागरिकको उम्मेदवारी भएको बताए । ‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने ।
पूर्व संविधानसभा अध्यक्ष तथा एमालेका वरिष्ठ नेता सुभास नेम्वाङको अप्रत्याशित निधनपछि इलाम– २ मा उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण