बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

शतक बनाए पनि कोहलीमाथि उठिरहेको छ प्रश्न

आइतबार, २५ चैत २०८०, १३ : ०१
आइतबार, २५ चैत २०८०

जयपुर । शनिबार जयपुरको सवाई मानसिंह स्टेडियममा दुई पटक ‘आँधी’ आएको थियो तर पहिलो हावाको तीव्रता त्यति धेरै थिएन कि त्यसले गुलाबी सहरलाई उडाउन सकोस् । खेलमा विराट कोहलीले ६७ बलमा शतक बनाए भने जोस बटलरले ५८ बलमा शतक बनाए । यहि जीत र हारको कारण बने । दुवै नटआउट रहे तर जोस बटलरले छक्का प्रहार गर्दै जित पक्का गरे।

राजस्थान रोयल्सले ५ बल बाँकी रहँदा खेल ६ विकेटले जित्यो । सन्जु सामसनको टोली अहिलेसम्म चार खेलमा अपराजित रहँदै शीर्ष स्थानमा छ भने रोयल च्यालेन्जर्सले हारको ह्याट्रिक गरेको छ ।

त्यसोभए, विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक विराट कोहलीको स्ट्राइक रेटमा केही समयदेखि प्रश्न उठिरहेको छ । बीसीसीआई सेक्रेटरी जय शाहले आईसीसी टी–२० विश्वकपका लागि रोहित शर्माको नाम कप्तानको रुपमा घोषणा गरेपनि विराट कोहलीको नामलाई लिएर बहस चलिरहेको छ ।

विराट कोहली र केएल राहुलले टी–२० विश्वकप खेल्न पाउने वा नपाउने भन्ने कुरा धेरै हदसम्म आईपीएलको प्रारम्भिक खेलहरूमा उनीहरूको प्रदर्शनमा निर्भर हुनेछ।

कोहलीको आठौँ शतक

विराट कोहलीले राजस्थान रोयल्सविरुद्ध आईपीएल २०२४ मा शतक बनाउने पहिलो ब्याट्सम्यान बने । प्रतियोगितामा उनको आठौँ शतक थियो । राजस्थान रोयल्सविरुद्ध भने उनको यो पहिलो शतक हो ।

उनले प्रतियोगितामा सर्वाधिक शतक प्रहार गरेका छन् । यो अवधिमा उनले ७५ सय रनको अंक पनि पार गरे ।

कोहलीको सबैभन्दा सुस्त शतक

कोहलीले नान्द्रे बर्गरको बलमा एक रन बनाएर ६७ बलमा आफ्नो शतक पूरा गरेका थिए । कोहलीले ३९ बलमा अर्धशतक पूरा गरे र अर्को ५० रन २८ बलमा बनाए । यो आईपीएलमा उनको सबैभन्दा सुस्त शतक हो ।

मनिष पाण्डेले सन् २००९ मा आइपिएलको सबैभन्दा ढिलो शतक ६७ बलमा बनाएका थिए । अब यो अनावश्यक कीर्तिमानमा विराट कोहलीको नाम पनि जोडिएको छ ।

कोहली १९ औँ ओभरमा ९८ रनमा थिए । उक्त ओभरमा बैंगलोरका ब्याट्सम्यानले एक बाउन्ड्री पनि प्रहार गर्न सकेनन् र चार रन मात्र बनाएका थिए ।

कोहली सामाजिक सञ्जालमा ट्रोल

सामाजिक सञ्जालमा मानिसहरूले ‘स्लो कोहली’ भन्दै हमला गरिरहेको देखिएका छन् । मानिसहरूले कोहलीलाई ‘स्वार्थी’ भन्दै ट्रोल पनि गरिरहेका छन् ।

 कोहली अन्तिमसम्म नटआउट रहे र ७२ बलमा ११३ रन बनाए । कोहलीले आफ्नो इनिङ्समा १२ चौका र तीन छक्का प्रहार गरे ।

रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीले ३ विकेट गुमाएर १८३ रन बनाउन सक्यो । कोहलीको नेतृत्वमा टोली २०० रनमा पुग्न सकेन । कोहलीबाहेक फाफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप