बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ
आइतबार, २५ चैत २०८०, १४ : ३४
झापा । झापाको मेचीनगर नगरपालिका-१ सारूगोडाबाट बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित प्रहरीले एक जना पक्राउ गरेको छ । सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित सोही नगरपालिका-१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले भारतको नक्सालबारीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त सोडा र गन्दकसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-
असार लागेपछि पक्की सडक भत्काएर ढल निर्माण सुरु, स्थानीयबासीलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण