मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरलगायतको रिट हेर्दाहेर्दैमा

आइतबार, २५ चैत २०८०, १७ : २९
आइतबार, २५ चैत २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझीसहित १० जनाले दिएको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा रिट हेर्दाहेर्दैमा परेको हो । 

 रिट निवेदकहरु रायमाझीसहित  निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई / सानु भण्डारीका रिट हेर्दाहेर्दैमा रहेको सर्वोच्चले जनाएको छ । 

काठमाडौँ जिल्ला अदालतले सुरुमा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।
सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप