आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भवन बनाउन तरुण दलले थाल्यो चन्दा सङ्कलन

सोमबार, २६ चैत २०८०, ०९ : ४८
सोमबार, २६ चैत २०८०

काठमाडौँ । नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि चन्दा सङ्कलन थालेको छ । 

यसअघि चैत १५ र १६ गते बसेको तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम दलका केही सदस्यहरूले अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । केन्द्रीय समिति बैठकको निर्णयबमोजिम भवन निर्माणका लागि सहयोग सङ्कलन प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिए । 

उनका अनुसार आइतबारसम्म केन्द्रीय सदस्यहरू रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार र रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप