भवन बनाउन तरुण दलले थाल्यो चन्दा सङ्कलन
सोमबार, २६ चैत २०८०, ०९ : ४८
काठमाडौँ । नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि चन्दा सङ्कलन थालेको छ ।
यसअघि चैत १५ र १६ गते बसेको तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम दलका केही सदस्यहरूले अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । केन्द्रीय समिति बैठकको निर्णयबमोजिम भवन निर्माणका लागि सहयोग सङ्कलन प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
उनका अनुसार आइतबारसम्म केन्द्रीय सदस्यहरू रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार र रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण