आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्नेछु : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले साेमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताएका हुन् ।
सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका कारणको खोजी गरी समाधानमा लाग्न सबैलाई आग्रह गरे । उनले भने, “विगतमा यस क्षेत्रको बजेट ६÷७ प्रतिशतभन्दा बढी हुन सकेन, आगामी आवमा बजेटको क्षेत्रीय सन्तुलनका लागि पहल गर्नेछु ।”
सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी कम हुँदा न्यून आम्दानीका लागि पनि भारत जार्नुपर्ने बाध्यता हटाउन आफ्नो मन्त्रालयबाट आगामी आवमा सातै जिल्लाका सम्भावना खोजी गर्ने र यस क्षेत्रका ठूला आयोजना लागू गर्न पहल गर्ने उनले विश्वास दिलाए । मन्त्री भण्डारीले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा मञ्चका संस्थापक एवं संरक्षक मोतिलाल बोहराले संस्था स्थापनाको उद्देश्य र त्यसयता सुदूरपश्चिम क्षेत्रको पहिचान र विकासका लागि भएका उपलब्धि तथा पहलबारे जानकारी गराएका थिए । साथै उनले देशभर छरिएर रहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिले आफ्नो थातथलोको समृद्धिका लागि आवश्यक योगदान गर्नुपर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले मञ्चले गरेका कामकारबाहीबारे जानकारी गराउँदै सुपको विकास निर्माणका साथै सामाजिक कार्यमा हातेमालो गर्दै बहस पैरवी गर्दै आएको बताए । साथै उनले सुपको विकासका लागि आवश्यक बृहत् परियोजना निर्माण गर्न आगामी बजेटमा आवश्यक रकम विनियोजनका लागि मन्त्रीको ध्यानाकर्षण गराए ।
कार्यक्रममा इञ्जिनियर शेरसिंह भाटले ऊर्जा तथा विद्युत् प्रसारण लाइन सम्बन्धमा, जनकराज जोशीले भूमि व्यवस्था तथा भू–उपयोग सम्बन्धमा, डा राजेन्द्र मिश्रले कृषि तथा सिँचाइ सम्बन्धमा र इञ्जिनियर ललिजन खनालले सडक तथा यातायात सम्बन्धमा प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण