नाउपा अध्यक्ष श्रेष्ठको एक्सन : घनश्याम चौधरीलाई दलको नेताबाट बर्खास्त
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेतालाई पनि बर्खास्त गरेकी छिन् ।पार्टीको सम्पूर्ण अधिकार आफूमा केन्द्रीत रहेको झल्को दिँदै उनले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी हुन् । उनले आफ्नो पक्षका सांसदलाई तोकेकी सो जिम्मेवारीमा ल्याएकी छन् । उनले सांसद कैलाली चौधरीलाई संसदीय दलका नेता तोकेकी छन् ।
नाउपा अध्यक्ष श्रेष्ठले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको बताएकी छन् ।
घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय गरिएको पत्रमा उल्लेख छ । यसअघि उनले आफ्नै पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पद मुक्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण