क्यानाडाको प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौँ । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ ।
प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो भने नेपालबाट निर्यात हुने चिया, कफी, पस्मिनाका सल, हस्तकलाका सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको विविधता झल्कने सांस्कृतिक एवं कलात्मक प्रस्तुति पनि समावेश गरिएको थियो ।
नेपालको प्रदर्शनीस्थलमा आएका धेरै आगन्तुकले नेपालका पर्यटकीय गन्तव्य, भ्रमण गर्ने उपयुक्त समय, नेपालको मौसम एवं तापक्रम र यहाँको भ्रमण गर्न उपयुक्त हुने यातायातका साधनबारे पनि जानकारी लिएका थिए ।
प्रदर्शनीमा यात्रा व्यवस्थापन गर्ने निकाय, होटल व्यवसायी, विमान कम्पनी, विभिन्न देशका यात्रा प्रवर्द्धक कम्पनी, ओटावास्थित विभिन्न देशका राजदूतावासले आफ्नो मुलुकका पर्यटकीय गन्तव्य एवं अन्य उत्पादनबारे सामग्री प्रस्तुत गरेका उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा