राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो ।
संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था गरेको व्यवस्था गरेको छ । जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।
राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक÷एक तथा दुई जना मनोनीत सदस्य रहेका छन् । सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरे पनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन् ।
राष्ट्रिय सभामा गठबन्धन दलको मत ३७ छ । मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण