सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ मा परिवार दलको समर्थन एमालेका सुहाङलाई

मङ्गलबार, २७ चैत २०८०, ११ : ००
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नेपाल परिवार दलले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा इलाम–२ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ । दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गदै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका हुन् ।

२०८१ साल वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उप–निर्वाचनमा सघाउन दलका केन्द्रीय सहमहामन्त्री एवम् संविधान सभा सदस्य मिलन राजवंशीको नेतृत्वमा एक टोली इलाम पठाउने तयारी गरेको परिवार दलका एक नेताले बताए ।

nfp press

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप