इलाम–२ मा परिवार दलको समर्थन एमालेका सुहाङलाई
मङ्गलबार, २७ चैत २०८०, ११ : ००
काठमाडौँ । नेपाल परिवार दलले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा इलाम–२ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ । दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गदै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका हुन् ।
२०८१ साल वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उप–निर्वाचनमा सघाउन दलका केन्द्रीय सहमहामन्त्री एवम् संविधान सभा सदस्य मिलन राजवंशीको नेतृत्वमा एक टोली इलाम पठाउने तयारी गरेको परिवार दलका एक नेताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण