स्थिर ब्याजदरमा कर्जा लिन राष्ट्र बैंकको प्रोत्साहन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीहरूलाई स्थिर ब्याजदरमा कर्जा लिन प्रोत्साहन गरेको छ । परिवर्तनीय ब्याजदरले व्यक्तिको स्थिर आर्थिक स्थितिका बाबजुद भुक्तानीमा प्रभाव पार्न सक्नेतर्फ सचेत गराउँदै केन्द्रीय बैंकले स्थिर ब्याजदरमा नै कर्जा लिन उपयुक्त हुने बताएको हो ।
स्थिर ब्याजदर तोकिएको अवधिभर परिवर्तन गर्न पाइँदैन । तर, परिवर्तनीय ब्याजदर आधार दर (बेस रेट) मा भएको परिवर्तन अनुसार हरेक महिना परिवर्तन हुनसक्छ । यसले व्यक्तिको कमाइ अनुसार खर्च र किस्ताको सन्तुलन मिलाउन गाह्रो पर्न सक्नेतर्फ सचेत गराउँदै केन्द्रीय बैंकले स्थिरतामा जोड दिएको हो ।
‘नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबिच तालमेल मिलाउन सहयोग पुग्छ । यसर्थ, ग्राहकहरूले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदै छ ? प्रिमियम दर कति लागू हुँदै छ ? शुल्कहरू के कस्ता छन् ? भन्ने विषयमा पूर्ण जानकारी लिन अति आवश्यक हुन्छ’ बैंकले सचेतनामूलक सन्देशमा भनेको छ ।
बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरू प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित भए पनि ऋणीले प्राप्त गर्ने कर्जाको ब्याजदर भने परिवर्तनीय वा स्थिर कुनमा लिने हो विकल्प छान्न पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण