बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
मङ्गलबार, २७ चैत २०८०, १५ : ०८
काठमाडौँ । बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनका ४ दलले उम्मेदवारी फिर्ता लिएका छैनन् । निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिने समय मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो ।
तर गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले रातोपाटीलाई बताए ।
‘गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनौँ । अब आफ्नै ढंगले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्छौं’, उनले भने ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए । रास्वपाले उम्मेदवारी नै दर्ता गरेको छैन । नेपाली कांग्रेसले अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण