बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता

मङ्गलबार, २७ चैत २०८०, १५ : ०८
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनका ४ दलले उम्मेदवारी फिर्ता लिएका छैनन् । निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिने समय मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो ।

तर गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले रातोपाटीलाई बताए । 

‘गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनौँ । अब आफ्नै ढंगले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्छौं’, उनले भने । 

वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए । रास्वपाले उम्मेदवारी नै दर्ता गरेको छैन । नेपाली कांग्रेसले अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप