बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सरोगेसीबाट आमाबुवा बन्न लागेका हुन् दीपिका–रणवीर ?

बुधबार, २८ चैत २०८०, १० : ४५
बुधबार, २८ चैत २०८०

नयाँ दिल्ली । बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहबारे एउटा ठुलो खबर बाहिरिएको छ । यस अघि दीपिका गर्भवती रहेको खबरहरू आएका थिए । तर अहिले भने अभिनेत्री आमा त बन्न लागेको तर उनी गर्भवती भने नभएको खबर आएको छ । यो खबर सुनेर दीपिका र रणवीरका फ्यानहरू हैरान छन् । दीपिका सरोगेसी मार्फत आमा बन्न लागेको बताइएको छ ।

रणवीर र दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न लागेको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । तर यतिबेला सामाजिक सञ्जालमा एउटा पोस्ट निकै भाइरल भइरहेको छ । सो पोस्टमा दीपिका गर्भवती नभएको दाबी गरिएको छ । तर, उनी आमा भने पक्का बन्ने बताइएको छ । रेडिटका अनुसार यो जोडीले अभिभावक बन्न सरोगेसीको सहारा लिएको बी टाउनमा हल्ला चलेको छ ।

एक रेडिट प्रयोगकर्ताका अनुसार रणवीर सिंह निकै चुलबुले स्वभावका छन् । उनले केही साथीहरूलाई आफू बुवा बन्ने खबर सुनाए । त्यसपछि दम्पतीले दीपिका आमा बन्ने खबर इन्स्टाग्राममा पोस्ट गरेका थिए । यस पोस्टमा उनीहरूले गुलाबी र निलो रङ्गका लुगा र जुत्ताको साथमा सेप्टेम्बर २०२४ र दीपिका–रणवीर पनि लेखेका थिए । यो  पोस्टमा कतै पनि दीपिका पादुकोण गर्भवती भन्ने कुरा उल्लेख गरिएको थिएन ।

बच्चाको जन्म नहुँदासम्म दीपिका सार्वजनिक रूपमा नदेखिने कुरा बाहिर आएको छ । अभिनेत्रीले भारतमा नभएर विदेशमा बच्चालाई जन्म दिने र यसै कारणले गर्दा रणवीरले पनि फिल्मबाट ब्रेक लिन लागेको पनि रेडिट पोस्टमा भनिएको छ । यद्यपि, यो जोडीले अहिलेसम्म सरोगेसीको बारेमा कुनै पनि जानकारी शेयर गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप