सरोगेसीबाट आमाबुवा बन्न लागेका हुन् दीपिका–रणवीर ?
नयाँ दिल्ली । बलिउडको चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहबारे एउटा ठुलो खबर बाहिरिएको छ । यस अघि दीपिका गर्भवती रहेको खबरहरू आएका थिए । तर अहिले भने अभिनेत्री आमा त बन्न लागेको तर उनी गर्भवती भने नभएको खबर आएको छ । यो खबर सुनेर दीपिका र रणवीरका फ्यानहरू हैरान छन् । दीपिका सरोगेसी मार्फत आमा बन्न लागेको बताइएको छ ।
रणवीर र दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न लागेको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । तर यतिबेला सामाजिक सञ्जालमा एउटा पोस्ट निकै भाइरल भइरहेको छ । सो पोस्टमा दीपिका गर्भवती नभएको दाबी गरिएको छ । तर, उनी आमा भने पक्का बन्ने बताइएको छ । रेडिटका अनुसार यो जोडीले अभिभावक बन्न सरोगेसीको सहारा लिएको बी टाउनमा हल्ला चलेको छ ।
एक रेडिट प्रयोगकर्ताका अनुसार रणवीर सिंह निकै चुलबुले स्वभावका छन् । उनले केही साथीहरूलाई आफू बुवा बन्ने खबर सुनाए । त्यसपछि दम्पतीले दीपिका आमा बन्ने खबर इन्स्टाग्राममा पोस्ट गरेका थिए । यस पोस्टमा उनीहरूले गुलाबी र निलो रङ्गका लुगा र जुत्ताको साथमा सेप्टेम्बर २०२४ र दीपिका–रणवीर पनि लेखेका थिए । यो पोस्टमा कतै पनि दीपिका पादुकोण गर्भवती भन्ने कुरा उल्लेख गरिएको थिएन ।
बच्चाको जन्म नहुँदासम्म दीपिका सार्वजनिक रूपमा नदेखिने कुरा बाहिर आएको छ । अभिनेत्रीले भारतमा नभएर विदेशमा बच्चालाई जन्म दिने र यसै कारणले गर्दा रणवीरले पनि फिल्मबाट ब्रेक लिन लागेको पनि रेडिट पोस्टमा भनिएको छ । यद्यपि, यो जोडीले अहिलेसम्म सरोगेसीको बारेमा कुनै पनि जानकारी शेयर गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निगमलाई उकास्न उपयुक्त मोडलको खोजी भइरहेको छ : मन्त्री पौडेल
-
साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?
-
वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार
-
हालान्डका लागि कुनै मञ्च ठूलो छैन
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
-
व्यवसायीलाई शङ्काकै भरमा ‘थुन्ने’ प्रवृत्तिको अन्त्य गरी एन्टिसिपेटरी बेलको व्यवस्था गर्न अध्यक्ष अग्रवालको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण