शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘द रेड सुट्केस’को प्रिमिएरमा कसले के भने ?

बुधबार, २८ चैत २०८०, १४ : ४९
बुधबार, २८ चैत २०८०

काठमाडौँ । फिल्म ‘द रेड सुट्केस’को मंगलबार प्रिमिएर गरिएको छ । 

मंगलबार सीडीसी सिनेमाजमा आयोजित प्रिमिएरमा फिल्मकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिती थियो नै, त्यसका अलवा पूर्व शिक्षामन्त्री अशोक कुमार राई, प्रा. डा. केदारभक्त माथेमा, सांसद रघुजी पन्तलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू समेत सहभागी थिए । प्रिमिएरमा सहभागी अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

कार्यक्रममा निर्देशक एवम् अभिनेता नीर शाहले आफूले स्थापना गरेको कलेजको विद्यार्थी फिडेल देवकोटाले नेपाली फिल्म बनाएर अन्तर्राष्ट्रिय बजारमा चिनाउँदा गौरव लागेको बताए । उनले विश्वले महत्त्व दिएको यस्ता फिल्मलाई प्रदर्शन गरेर सहयोग गर्न पनि हललाई अफिल गरे ।

कार्यक्रममा सांसद रघुजी पन्तले पनि आफूले अहिलेसम्म हेरेको नेपाली फिल्म भन्दा द रेड सुटकेस पृथक भएको बताए । 

पूर्व शिक्षामन्त्री अशोक कुमार राईले आफूले धेरैलामो समयपछि राम्रो फिल्म हेर्ने अवसर पाएको बताए । द रेड सुटकेस आफ्नो सोच भन्दा फरक फिल्म पाएको भन्दै तारिफ गरे 

अभिनेता विपिन कार्कीले द रेड सुटकेस आम फिल्म भन्दा फरक भएकै कारण प्रोत्साहन गर्नुपर्ने बताए । उनले यस्तो फिल्म जीवनमा कमै खेल्न पाइने भएकाले पनि अरू चलचित्र छाडेर अभिनय गरेको बताए ।

अभिनेत्री मिरुना मगरले द रेड सुटकेस क्लासिक फिल्म बनेको बताइन् । उनले कलाकारको कामबाट आफू लोभिएको प्रतिक्रिया दिइन् । 

फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुट्केस’ डेढ दर्जन बढी अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा सहभागी भएर अवार्ड समेत जितिसकेको छ । नेपालमा भने फिल्म आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल निर्माता रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायतको अभिनय छ । 

फिल्मले न्यून वर्गीय नेपाली समाजका युवाहरूको वर्तमान कथा विषय बनाएको छ । सुशन प्रजापतिको छायांकन रहेको यो फिल्म समन अलभितिगाले सम्पादन गरेका हुन् ।

फिल्मलाई आरआर फिल्मसका रोहित–रत्नले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप