अदालतले बाबा रामदेव र बालकृष्णलाई भन्यो– कारबाहीका लागि तयार रहनू
काठमाडौँ । भारतको सर्वोच्च अदालतले पतञ्जलिको विवादित विज्ञापन सम्बन्धी मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णलाई कारबाहीका निम्ति तयार रहन भनेको छ ।
बुधबार अदालतले बाबा रामदेव र आचार्य बालकृष्णको दोस्रो माफीनामा खारेज गर्दै यस्तो चेतावनी दिएको हो । न्यायाधीशद्वय हिमा कोहली र अमानतुल्लाहको संयुक्त इजलासले पतञ्जलिका कानुन व्यवसायी विपिन सांघी र मुकुल रोहतगीलाई प्रतिवादीले जानाजान अदालतको आदेश उल्लङ्घन गरेको भन्दै चेतावनी दिएको हो ।
इजलासले १६ अप्रिलमा अर्को सुनुवाइ हुने जनाएको छ । भारतीय सर्वोच्च अदालतले इन्डियन मेडिकल एसोसिएसनका तर्फबाट १७ अगस्ट २०२२ मा दायर गरिएको मुद्दामाथि सुनुवाइ गरिरहेको हो । मुद्दामा पतञ्जलिले कोभिडविरुद्धको खोप कार्यक्रम र एलोपेथीविरुद्ध नकारात्मक प्रचार गरेको र आफ्नो आयुर्वेदिक औषधिबाट केही रोग निदान हुने झुठो दाबा गरिएको आरोप छ ।
यही मुद्दाका सम्बन्धमा २ अप्रिलमा अदालतको यही बेञ्चमा सुनुवाइका क्रममा पतञ्जलिका तर्फबाट माफीनामा दिइएको थियो । तर इजलासले त्यसलाई ‘देखावटी’ भन्दै अस्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण