अदालतले बाबा रामदेव र बालकृष्णलाई भन्यो– कारबाहीका लागि तयार रहनू

काठमाडौँ । भारतको सर्वोच्च अदालतले पतञ्जलिको विवादित विज्ञापन सम्बन्धी मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णलाई कारबाहीका निम्ति तयार रहन भनेको छ ।
बुधबार अदालतले बाबा रामदेव र आचार्य बालकृष्णको दोस्रो माफीनामा खारेज गर्दै यस्तो चेतावनी दिएको हो । न्यायाधीशद्वय हिमा कोहली र अमानतुल्लाहको संयुक्त इजलासले पतञ्जलिका कानुन व्यवसायी विपिन सांघी र मुकुल रोहतगीलाई प्रतिवादीले जानाजान अदालतको आदेश उल्लङ्घन गरेको भन्दै चेतावनी दिएको हो ।
इजलासले १६ अप्रिलमा अर्को सुनुवाइ हुने जनाएको छ । भारतीय सर्वोच्च अदालतले इन्डियन मेडिकल एसोसिएसनका तर्फबाट १७ अगस्ट २०२२ मा दायर गरिएको मुद्दामाथि सुनुवाइ गरिरहेको हो । मुद्दामा पतञ्जलिले कोभिडविरुद्धको खोप कार्यक्रम र एलोपेथीविरुद्ध नकारात्मक प्रचार गरेको र आफ्नो आयुर्वेदिक औषधिबाट केही रोग निदान हुने झुठो दाबा गरिएको आरोप छ ।
यही मुद्दाका सम्बन्धमा २ अप्रिलमा अदालतको यही बेञ्चमा सुनुवाइका क्रममा पतञ्जलिका तर्फबाट माफीनामा दिइएको थियो । तर इजलासले त्यसलाई ‘देखावटी’ भन्दै अस्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)
-
नेपालको स्विट्जरल्यान्ड उपमा पाएको सुन्दर जिरी, २५ तस्बिरमा हेर्नुहोस्
-
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
-
संवैधानिक निकाय पदाधिकारीविहीन, कहाँ कहाँ छन् रिक्त ?
-
उत्तर प्रदेशमा आँधी र वर्षाका कारण ५१ जनाको मृत्यु
-
युवा सङ्घको महाधिवेशन आजदेखि, अध्यक्षमै रस्साकस्सी बढी