‘डिग्री माइला’को अग्रिम टिकट बिक्री सुरु, आक्रामक व्यवसायको अपेक्षा
काठमाडौँ । फिल्म ‘डिग्री माइला’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ । हलले फिल्मफाई उच्च शो दिएको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्मले क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ । देशको ठुलो हल चेन क्यूएफएक्सले ५८ शो दिएको छ । यसमा अझ शो सङ्ख्या थपिने अनुमान छ ।
हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । बिहीबारसम्म यो सङ्ख्या अझ बढ्ने देखिन्छ ।
वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेका छन् । फिल्ममा दयाहाङ राई तथा आँचल शर्माको मुख्य भूमिका छ ।
यसअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी–४’ले रिलिजको पहिलो शनिबार ३ करोड व्यापार गरेको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता क्रिश लामा भएको फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ । फिल्म शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण