स्वस्तिमाको निर्माता अनुभव : पहिलो पाइला असाध्यै गह्रौँ हुने रहेछ
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले निर्माताको रूपमा पनि पाइला बढाएकी छन् । उनको निर्माण रहेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को हालै छायाङ्कन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो ।
सफलता पूर्वक फिल्म छायाङ्कन सकाएकी खड्कामा फिल्मलाई लिएर उत्साह हुनुपर्ने हो । तर उनी भावुक देखिएकी छन् । जसको अनुमान उनले सामाजिक सञ्जालमा गरेको पोस्टबाट पनि लगाउन सकिन्छ ।
नयाँ यात्रामा पहिलो पाइला चाल्नुअघि असङ्ख्य प्रश्नले घेर्ने, सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौँ हुने उनले बताएकी छन् । उनी भन्छिन्, ‘जब पाइलाले गति लिन्छ, ती सबै बोझहरू हलुका लाग्न थाल्छन् । झन्, त्यो यात्रामा हिँड्ने असल सहयात्री हुने हो भने गन्तव्यमा पुगेको पत्तै हुन्न ।’
फिल्मका दुई निर्देशक आकाश बराल र सजन काफ्ले, कार्यकारी निर्माताद्धय शंकर पाण्डे र फिरोज खड्का लगायतलाई सुटिङ सजिलोसँग सकाएकोमा आभार व्यक्त गरेकी उनले हरेक निर्णय र कदममा साथ दिएर आफूलाई पूर्ण बनाएको भन्दै पति तथा निर्देशक निश्चल बस्नेतलाई पनि धन्यवाद दिएकी छिन् ।
‘बेहुली फ्रम मेघौली’ फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण