बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सफा हिमाल अभियान सुरु, १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य

बिहीबार, २९ चैत २०८०, १७ : ५९
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत बिहीबारदेखि अभियान सुरु गरेको छ ।  बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् । 

बिहीबारदेखि सुरु भएको अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ । ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे । उनले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रूपमा लिने गरिएको बताए । उनले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्त्व रहेको बताए । उनले पछिल्लो वर्षहरूमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोरपनि थुप्रिन थालेकाले सरसफाइमा ध्यान पु¥याउनुपरेको बताए । उनले नेपाल सरकारको नीति अन्तर्गत नेपाली सेनाले यसको जिम्मेवारी लिएको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको बताए । उनले नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम हिमालहरूको स्वच्छता कायम गर्ने उद्देश्य अनुरूप सफा हिमाल अभियान २०२४ गरिएको पनि बताए ।

उनले मानिसका कारण हिमालहरूमा धेरै फोहोर थुप्रिइरहेका कारण सफा गरेर हिमालको स्वच्छता कायम गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप