बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र भारतका जनता-जनताबिचको सम्बन्ध अतुलनीय छ : मुख्यमन्त्री यादव

शनिबार, ०१ वैशाख २०८१, १८ : २३
शनिबार, ०१ वैशाख २०८१

धनुषा  । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतका जनता-जनता बिचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् । नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनता-जनता बिचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् । 

नेपाल—भारत बिचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता-जनता बिच रहेको उनले उल्लेख गरे । सीमा क्षेत्रमा सुरक्षा र राजश्वको नाममा केही वर्ष यता सर्वसाधारण सँग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देश बिचको सदियौँ पुरानो सम्बन्धलाई नै खलल पुर्‍याउने कार्य भइरहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गरे ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत डिएस मिनाले दुई देश बिचको साझा संस्कृतिको प्रदर्शनकै लागि जनकपुरधाममा सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताए । महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो । महोत्सव अन्तर्गत साझा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप