शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इरान-इजरायल तनाव : भारत र चीनले के भन्यो ?

आइतबार, ०२ वैशाख २०८१, १० : ०८
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ। पश्चिम एसियाको अवस्थालाई लिएर भारतको विदेश मन्त्रालयले प्रतिक्रिया जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पश्चिम एसियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल र इरानबिचको तनावले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेको छ । हामी यसप्रति धेरै चिन्तित छौँ ।हामी हिंसाबाट पछि हट्ने र कूटनीतिमार्फत समाधानको वकालत गर्छौँ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘भारतले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र त्यस क्षेत्रमा भारतीय समुदायसँग सम्पर्क राखिएको छ। त्यहाँ शान्ति कायम राख्नु अति आवश्यक छ।

इरानले आइतबार बिहान इजरायलमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। इरानले यसलाई अप्रिल १ मा सिरियास्थित आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको बदला भनेको छ। तर इजरायलले इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन।

यता चीनले पनि पछिल्लो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । एक विज्ञप्ति जारी गर्दै चीनले थप तनाव बढ्न नदिन सम्बद्ध पक्षलाई शान्त रहन अपिल गरेको हो । चीन र इरानबिच नजिकको कूटनीतिक र आर्थिक सम्बन्ध रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप