इरान-इजरायल तनाव : भारत र चीनले के भन्यो ?
काठमाडौँ। पश्चिम एसियाको अवस्थालाई लिएर भारतको विदेश मन्त्रालयले प्रतिक्रिया जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पश्चिम एसियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल र इरानबिचको तनावले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेको छ । हामी यसप्रति धेरै चिन्तित छौँ ।हामी हिंसाबाट पछि हट्ने र कूटनीतिमार्फत समाधानको वकालत गर्छौँ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘भारतले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र त्यस क्षेत्रमा भारतीय समुदायसँग सम्पर्क राखिएको छ। त्यहाँ शान्ति कायम राख्नु अति आवश्यक छ।
इरानले आइतबार बिहान इजरायलमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। इरानले यसलाई अप्रिल १ मा सिरियास्थित आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको बदला भनेको छ। तर इजरायलले इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन।
यता चीनले पनि पछिल्लो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । एक विज्ञप्ति जारी गर्दै चीनले थप तनाव बढ्न नदिन सम्बद्ध पक्षलाई शान्त रहन अपिल गरेको हो । चीन र इरानबिच नजिकको कूटनीतिक र आर्थिक सम्बन्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण