अमेरिका र बेलायतले कसरी सघाउँदैछ इजरायललाई ?
वासिङ्टन । आइतबार बिहान इरानले इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ । यसैबिच बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गरेका छन् । जो बाइडेन र ऋषि सुनकले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ। यसको बदला लिन इरानले इजरायलमाथि हमला गरेको उसको भनाई छ । तर इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।
दुई अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजसँग कुराकानी गर्दै अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जानारी दिए । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने खुलाइएको छैन ।
बेलायतको सुरक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण