बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको शहिदनगरमा महिलाको शव फेला, हत्या आंशका

आइतबार, ०२ वैशाख २०८१, १२ : ३६
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । धनुषाको शहिदनगर नगरपालिका–४ मा महिलाको शव फेला परेको छ । हंसपुर नगरपालिका–७ घर भएकी शुभदेवी मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले रातोपाटीलाई बताए ।

५५ वर्षीया शुभदेवी मण्डल गहुँखेतमा मृत भेटिएकी हुन् । शव भेटिएको ठाउँ उनको माइतीगाउँ हो । उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान शुरु गरिएको डीएसपी अवाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप