शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२२ दिनमा सकियो ‘एक मुठ्ठी बादल’ को छायांकन

आइतबार, ०२ वैशाख २०८१, १४ : ३५
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकिएको छ । सहारा शर्माको लेखक तथा निर्देशन रहेको फिल्म पोखराको लामाचौर र आसपासका ठाउँमा २२ दिनको नियमित छायांकनपछि सकिएको हो ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्त्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो । अध्ययनको निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाहरूले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै यो फिल्मको सबै विधाहरूमा महिलाको चयन भएको छ । फिल्मले निर्माणमा विधामान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास लिएको छ । 

साहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा छायाँकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेस्रो फिचर फिल्म हो । नेपाली फिचर हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् । फिल्ममा कीर्ति जोशीले  मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन्  पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन्।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेको फिल्मलाई  अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुत रूपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय देख्न सकिन्छ ।

८ मार्च अर्थात नारी दिवस, तथा, महाशिवरात्रीको अवसर पारेर शुभ मुर्हसँगै सुटिङ्ग सुरु भएको फिल्मको रिलिज मिति जुर्न बाँकी छ । 

निर्देशक सहारा शर्माले फिल्मको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप