‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा
आइतबार, ०२ वैशाख २०८१, १५ : ४३
काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ वडा मुद्दा अगाडि सारेका छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन् ।
उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन् । यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटाईजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्काको मुद्दा बनेको छ ।
उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणाले इलाम— २ बासीको आवश्यकता, आकाङ्क्षा, मर्म र अनुभूति आत्मसात् गरेको बताएका छन् । आज साँझ ६ बजे इलाम बजारमा पत्रकार सम्मेलन गरेर खड्काले आफ्नो अवधारणा सार्वजनिक गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण