आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

आइतबार, ०२ वैशाख २०८१, १५ : ५४
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

रोल्पाको लुङग्री गाउँपालिका-५ विष्ट पोखरास्थित सडकमा लु.३३ प ६९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार १६ वर्षीय प्रेम रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसै गरी झापाको कमल गाउँपालिका-३ सानो केर्खास्थित सडकमा बा.६४ प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक अर्जुनधारा नगरपालिका-४ बस्ने २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यता सुनसरीको बराहक्षेत्र नगरपालिका-३ हर्दियास्थित सडकमा को.३६ प २५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बिष्टिनी चोक बस्ने २० वर्षीय सञ्जीव माझीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । 

यस्तै धादिङको धुनिवेशी नगरपालिका-६ चालीसेस्थित सडकमा ना.४ ख ३४७२ नम्बरको ट्रकले बा.८६ प ३००७ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा स्कुटर चालक गजुरी गाउँपालिका-२ बिहारी फर्म बस्ने २६ वर्षीय निराजन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप