‘डिग्री माइला’को ओपनिङ व्यवसाय कस्तो ?

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘डिग्री माइला’ । नयाँ वर्ष २०८१ को अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्मले सुरुवाती व्यवसाय देशभर राम्रो गर्न सफल भएको छ ।
वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो व्यवसाय गरेको जानकारी दिए । शाहीका अनुसार शुक्रबार र शनिबार बिहानैदेखि फिल्ममा राम्रो दर्शक थिए । फिल्मले राति ११ः४५ सम्मको शो पाएको छ । फिल्मप्रति दर्शकको प्रतिक्रिया लिन निर्माण युनिट शनिबार काठमाडौँको विभिन्न हलमा पनि पुगेको थियो । सो क्रममा दर्शकले फिल्मप्रति राम्रो प्रतिक्रिया दिएको शाहीको भनाई छ ।
दर्शकसँग प्रतिक्रिया लिन पुगेका अभिनेता दयाहाङले दर्शकसँग केक काटेर जन्मदिनसमेत सेलिब्रेसन गरेका छन् । दर्शकको उत्साहसँग जन्मदिन मनाउँदा बेग्लै खुसी मिल्ने दयाहाङले बताए ।
अभिनेत्री आँचल शर्माले दर्शकको उच्च साथ पाउँदा उत्साहित भएको बताइन् । शुक्रबार र शनिबार विभिन्न हलमा पुग्दा दर्शकले डिग्री माइलाकी कवितालाई रुचाएको र दया दाईसँग जोडी सुहाएको प्रतिक्रिया दिएको उनको भनाई छ ।
रामबाबु गुरुङ निर्देशित फिल्म मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्रा र समाजले ऊसँग राखेको अपेक्षाको कथामा बनेको हो ।
फिल्ममा दयाहाङ र आँचलको अलवा फिल्ममा प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत