आर्सनल र लिभरपुललाई धक्का, सिटीलाई फाइदा
सोमबार, ०३ वैशाख २०८१, ०६ : १९
लण्डन । आर्सनल र लिभरपुल आफ्नै घरेलु मैदानमा पराजित भएपछि शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ । उपाधि दाबेदार दुई टोली एकै दिन पराजित भएपछि सिटीले शीर्ष स्थानमा दुई अङ्कको अग्रता बनाउन सफल भएको हो ।
आर्सनल एस्टन भिल्लासँग ०–२ गोलले स्तब्ध बन्यो । खेलको अन्त्यतिर भिल्लाले ३ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ८४ औँ मिनेटमा लियोन बेलीले पहिलो गोल गरे भने लगत्तै ओली वाटकिन्सले अर्को गोल थप्दै भिल्लालाई जित दिलाए ।
यसअघि आइतबार नै खेलिएको अर्को खेलमा लिभरपुल आफ्नै घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ०–१ गोल अन्तरले पराजित हुन पुगेको थियो । ३२ खेलबाट सिटी ७३ अङ्कसहित प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट आर्सनल र लिभरपुलको समान ७१–७१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण