सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने

सोमबार, ०३ वैशाख २०८१, ०९ : १९
सोमबार, ०३ वैशाख २०८१

वाशिङ्टन डीसी । इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने चेतावनी अमेरिकाले दिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो बताएका हुन् । 

शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा इरानले हमला गरेको थियो ।

इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतले आकाशबाटै खसालेको बताइएको छ । यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयम अपनाउन भनेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

कुराकानीका क्रममा बाइडेनले नेतान्याहुलाई निकै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न भनेका छन् । इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलमाथि आक्रमण गर्न इरानले प्रहार गरेको करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको दाबी अमेरिकाको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप