इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने
वाशिङ्टन डीसी । इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने चेतावनी अमेरिकाले दिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो बताएका हुन् ।
शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा इरानले हमला गरेको थियो ।
इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतले आकाशबाटै खसालेको बताइएको छ । यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयम अपनाउन भनेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
कुराकानीका क्रममा बाइडेनले नेतान्याहुलाई निकै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न भनेका छन् । इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलमाथि आक्रमण गर्न इरानले प्रहार गरेको करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको दाबी अमेरिकाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण