सीसी प्रिमियर कप क्रिकेट
करण केसीले लिए हङकङको पहिलो विकेट
सोमबार, ०३ वैशाख २०८१, १३ : ०२

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ । हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।
करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । नेपालले टस जिती हङकङको पहिले ब्याटिङको निम्तो दिएको हो । २.१ ओभरमा कोट्जी आउट हुँदा हङकङकले १२ रन बनाएको छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो । जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी