मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खुर्पा प्रहार गरी युवकको हत्या

सोमबार, ०३ वैशाख २०८१, १३ : २८
सोमबार, ०३ वैशाख २०८१

नुवाकोट । नुवाकोटमा एक जना वृद्धले खुर्पा प्रहार गरी युवकको हत्या गरेका छन् । ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या भएको हो । 

हत्या अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बर बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । डम्बर बहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप