सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ३० करोड ब्याजमा लगानी गर्ने

सोमबार, ०३ वैशाख २०८१, १३ : ३४
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंक आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म कूल १८७ दिन (छ) महिना मुद्दती निक्षेपमा उक्त रकम राख्ने भएको हो । एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ वैशाख ४ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । 

राष्ट्र बैंकका अनुसार कूल रकममध्ये वाणिज्य बैंकका लागि ३ अर्ब ४४ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ६४ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २१ करोड  १५ लाख रुपैयाँ छुट्टाइएको छ । 

निक्षेप चाहने बैंक तथा वित्तीय कम्पनीले सञ्चालनको २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको चुक्ता पुँजी पुर्याएको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप