यूनियनपेसँगकाे सहकार्यमा खल्तीकाे क्यासब्याक मेला, हरेक स्क्यान एण्ड पेमा १० प्रतिशत क्यासब्याक
काठमाडौँ । ‘खल्ती’ले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ । यूनियनपेसँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूकाे 100+ आउटलेटहरूमा यूनियनपे को क्यू आर् स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
चैत्र १४ देखि वैशाख 30 सम्म लागु हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियनपे को क्यू आर् खल्ती मार्फत स्क्यान गरी छिटाे र सरल तरिकाले भुक्तानी गर्दै १०% क्यासब्याककाे लाभ समेत उठाउन सक्नेछन् ।
विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टाेरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याककाे लाभ लिन सकिनेछ । आइ एन् आइ सिनेमा, न्यु म्यु, डल्ले, माेन्स्टर मिल, ई-फार्मेसी , मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूकाे आउटलेटहरूमा यस अफर उपलब्ध छ। साथै अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी रहेको कम्पनीको भनाइ छ ।
यसबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, 'यूनियनपे सँगको सहकार्यमा खल्तीले नयाँ वर्षको अवसर पारी ‘ क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ । खल्तीमा उपलब्ध हुने क्यासब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएको कुरालाई मध्यनजर गर्दै हामीले ‘क्यासब्याक मेला’ उपलब्ध गराएका छौँ। स्क्यान एन पे मा उपलब्ध भएको यस अफरले धेरै प्रयोगकर्ताहरू सहज, सरल र छिटो तरिकाले भुक्तानी गर्न मिल्ने डिजिटल प्रक्रिया सँग परिचित हुनुका साथै टन्नै क्यासब्याकको मज्जा लिन सक्नेछन्। यसका साथै ‘ क्यासब्याक मेला’ अन्तर्गत नयाँ प्रयोगकर्ताहरू पनि डिजिटल भुक्तानी प्रति आकर्षित हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण