डाँगीलाई सहिद घोषणा गर्न राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । डाँगीको सोमबार बिहान उपचारका क्रममा निधन भएको थियो ।
राप्रपाले सोमबार शोक वक्तव्य जारी गर्दै डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै स्व.डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो । साथै राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूमाथि भएको प्रशासनिक दमन निन्दा गरेको छ ।
नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको भन्दै शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औँ दिनको पुण्य तिथिमा केन्द्रसहित सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।
राप्रपाको आह्वानमा गत चैत २७ गतेको काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भई उनलाई छाउनी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पानीको फोहरा र अश्रुग्याँस प्रहारबाट चार दर्जन बढी घाइते भएकामध्ये धेरै घाइते उपचारपछि घर फर्किसके पनि जटिल शल्यक्रिया गर्नुपर्ने ६ जना अझै उपचारका क्रममा विभिन्न अस्पतालमा रहेको राप्रपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण