नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुने
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले कला दिवसको अवसर पारेर महोत्सव गर्न लागेको हो ।
आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै महोत्सवको विभिन्न पक्षबारे जानकारी दिएको छ ।
‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने नारा सहित आयोजना हुन लागेको महोत्सवको लोगो समेत सार्वजनिक गरिएको छ । कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईले महोत्सवको लोगो सार्वजनिक गरेका हुन् ।
विशेषगरी तीनदेखि १८ वर्ष उमेर, अभिभावक र शिक्षकलाई लक्षित गर्दै १० दिने महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय–अन्तर्राष्ट्रिय बाल चलचित्र प्रदर्शन, १८ वर्षमुनिका फिल्ममेकरबीच फिल्मको प्रतिस्पर्धा तथा कार्यशाला, बाल चलचित्र र यसको सामाजिक प्रभावबारे छलफल, जुरीको रुपमा बालबालिकाको समावेश र सहभागिताजस्ता कार्यक्रम छ ।
बालबालिकाको सहभागितामार्फत फिल्मको भाष्य पनि बलियो बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालका अध्यक्ष केदार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण