दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए ।
इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् । सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० वडाबाहेक) र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।
चुलाचुलीमा १८ हजार पाँच सय ४५, माङसेबुङमा १२ हजार पाँच सय ३६, फाकफोकथुममा १६ हजार तीन सय दुई, देउमाईमा २६ हजार तीन सय ६५, इलाममा (१० वडा बाहेक) ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ ।
उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण