मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हामी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिदैनौँ : सोनल

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ५०
मङ्गलबार, ०४ वैशाख २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने लोसपाले तयारी गरेको छ । चौथो पटक विश्वासको मत लिन लागेको मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने तयारी भएको लोससाले जनाएको छ । 

सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवम प्रदेश सांसद जीतेन्द्र सोनलले आफूहरू मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत नदिने तयारी गरेको बताए । 

रातोपाटीसँग कुरा गर्दै लोसपा नेता सोनलले आज लिन लागिएको विश्वासको मतको विपक्षमा उभिने आफूहरूको आन्तरिक सहमति भएको बताए । 

उनले सरकारको परफर्मेन्स राम्रो नभएकोले आफूहरू मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने पक्षमा खडा भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप