कन्टेनरमा भेटियो २७२ केजी गाँजा
बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले २७२ केजी गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा वैशाख ४ गते आज रोहिणी गाउँपालिका–१ हुलाकी सडक खण्ड अन्तर्गत बाइपासमा गाँजा तथा भारतीय कन्टेनर बरामद गरिएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको युपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनर चेकजाँच गर्ने क्रममा चालकको सिटमाथि रहेको फल्स बटमभित्र गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा सवारी चालकसहित प्रहरीले पक्राऊ गरेको हो ।
भारतको स्टेट पन्जाब, लुधियाना डिष्ट्रिक, स्टेट नम्बर १० (भवदीप सिंहनगर–१०) का ३६ वर्षीय सतनाम सिंहलाई पनि पक्राउ गरिएको उपरीक्षक मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण