खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताए । उनले देशको खेलकुदको एउटा मुख्य आधारका रूपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय भएको बताए । उनले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
राष्ट्रपति पौडेलले खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी रहेको बताए । उनले खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्न आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले खेलकुदमा लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्नु नै आजको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण