सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका-१ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो ।
याक तथा चौँरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ । चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौँरी व्यवसायी सङ्घको वेबसाइट सञ्चालन, याक तथा चौँरी प्रदर्शनी, याक डान्ससहित विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने याक तथा चौँरी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ठुतोपदोर्जी शेर्पाले बताए ।
उनले भने, “चौँरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुर्ख्यौली पेसा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौँरीपालन घट्दो क्रममा छ । यसलाई बचाउन महत्सवले केही टेवा पुग्ने विश्वास छ ।”
पिके क्षेत्रको पर्यटन प्रवर्द्धन र गाउँमै आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने उद्देश्यले चौँरी महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । पिके क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा यज्र्याङ अर्थात कुलपूजा गर्छन् । उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्छन् । त्यसकारण पिके क्षेत्र पर्यटकीय मात्र नभएर धार्मिक रूपमा पनि महत्त्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
-
उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण