मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा

बुधबार, ०५ वैशाख २०८१, ०७ : ३०
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । स्पेनिस क्लब बार्सिलोनामाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दा समग्रमा पीएसजी ६–४ गोल अन्तरले विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा ३–२ ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४–१ ले पराजित भएपछि क्वाटरफाइनलबाटै बिदा भएको हो ।

बार्सिलोनाको मैदानमा घरेलु टोलीले राफिनाको गोलमा अग्रता लिएको थियो । लामिन यमालको पासमा राफिनाले गोल गरेपछि बार्सिलोना सहज अवस्थामा देखिएको थियो । तर, २९ औँ मिनेटमा रोनाल्ड आराउहो रातो कार्ड पाउँदै मैदान छाडेपछि त्यसको असर बार्सिलोनाले खेल अवधिभर नै भोगेको थियो ।  

१० खेलाडीमा सीमित भएको बार्सिलोनामाथि क्रमश: हाबी हुँदै पीएसजीले ४० औँ मिनेटमा बराबरी गोल गरेको थियो । ओस्मन डेम्बेलेले ब्राड्ले बारकोलाको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै खेलमा फर्काए ।

५४ औँ मिनेटमा असरफ हकिमीको पासमा भिटिन्हाले गोल गरेपछि पीएसजीले २–१ को अग्रता लिँदा पहिलो लेगको नतिजाका कारण समग्रमा ४–४ को अवस्था पुगेको थियो । त्यसपछि केलियन एम्बाप्पेले ६१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ ले अघि बढाएका थिए । 

उनै एम्बाप्पेले ८९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले दोस्रो लेगमा ४–१ को शानदार जित दर्ता गरेको हो । अब सेमिफाइनलमा पीएसजीले बोरुसिया डर्टमन्डसँग खेल्ने छ । बोरुसिया डर्टमन्डले एट्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप