बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा
काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । स्पेनिस क्लब बार्सिलोनामाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दा समग्रमा पीएसजी ६–४ गोल अन्तरले विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा ३–२ ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४–१ ले पराजित भएपछि क्वाटरफाइनलबाटै बिदा भएको हो ।
बार्सिलोनाको मैदानमा घरेलु टोलीले राफिनाको गोलमा अग्रता लिएको थियो । लामिन यमालको पासमा राफिनाले गोल गरेपछि बार्सिलोना सहज अवस्थामा देखिएको थियो । तर, २९ औँ मिनेटमा रोनाल्ड आराउहो रातो कार्ड पाउँदै मैदान छाडेपछि त्यसको असर बार्सिलोनाले खेल अवधिभर नै भोगेको थियो ।
१० खेलाडीमा सीमित भएको बार्सिलोनामाथि क्रमश: हाबी हुँदै पीएसजीले ४० औँ मिनेटमा बराबरी गोल गरेको थियो । ओस्मन डेम्बेलेले ब्राड्ले बारकोलाको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै खेलमा फर्काए ।
५४ औँ मिनेटमा असरफ हकिमीको पासमा भिटिन्हाले गोल गरेपछि पीएसजीले २–१ को अग्रता लिँदा पहिलो लेगको नतिजाका कारण समग्रमा ४–४ को अवस्था पुगेको थियो । त्यसपछि केलियन एम्बाप्पेले ६१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ ले अघि बढाएका थिए ।
उनै एम्बाप्पेले ८९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले दोस्रो लेगमा ४–१ को शानदार जित दर्ता गरेको हो । अब सेमिफाइनलमा पीएसजीले बोरुसिया डर्टमन्डसँग खेल्ने छ । बोरुसिया डर्टमन्डले एट्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण